विरोध भए पनि दुर्गा प्रसाईं बने एमालेको केन्द्रीय सदस्य

हेल्थपोस्ट नेपाल

नेकपा (एमाले) ले केन्द्रीय कमिटीमा १० प्रतिशत (४३ जना) सदस्य मनोनित गरेको छ। आज भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनित गरेको हो।

विरोधका बावजुद पार्टी अध्यक्ष केपी शर्मा ओलीले सदस्य मनोनित भएकाहरुको नामावली पढेर सुनाएका थिए। ओलीले झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं, विद्यार्थी नेता ऐन महरसहितको नाम प्रस्ताव गरेपछि अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरूले केही नामलाई लिएर आपत्ति जनाएका थिए।

शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको बताइन्। पार्टीभित्र सल्लाह नै नगरी ओलीले नामावली तयार गरेको आरोप उनले लगाइन्। एमाले केन्द्रीय कमिटी सदस्यमा लालबाबु पण्डित, विशाल भट्टराई, दुर्गा प्रसाईंदेखि अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महरसमेत समेटिएका छन्। महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए पनि पण्डितले पदमा बस्न अस्वीकार गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *