आज ५ हजार ८९० सक्रिय संक्रमित, एक जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ८ हजार ६८२ नमुना परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा भने २३४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६ हजार ७६८ पुगेको छ।

आज देशभर ५ हजार ८९० सक्रिय संक्रमित छन्। जसमध्ये ५ हजार ६०१ होम आइसोलेसन र २८९ संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार आज ११८ आइसियूमा सहित ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा एक जना कोरोना संक्रमितको निधन भएको छ। यो सँगै ११ हजार ५५४ जनाको संक्रमणबाट निधन भइसकेको छ। आजदेशभर ९५ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घन्टामा ६९ हजार ५८० जनाले कोरोना खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published.