१९ लाख ६६ हजार मोडर्ना खोप आइपुग्यो, को पर्छन् प्राथमिकतामा ?

हेल्थपोस्ट नेपाल

कोभ्याक्स सुविधामार्फत नेपाललाई थप मोडर्नाको १९ लाख ६५ हजार ६०० डोज प्राप्त भएको छ।  स्वास्थ्य सेवा विभागका अनुसार कोभ्याक्स सुविधा अन्तरगत तेस्रो खेपमा आज प्राप्त भएको हो।

यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गत शुक्रबार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आइसकेको छ ।

यो खोप सरकारले उक्त खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ४ पुस देखि लगाउने योजना बनाएको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको जनाएको छ।

यसअघि फाइजर खोप सञ्चालन गरेका १९ जिल्ला छाडेर बाँकी ५८ जिल्लामा मोडर्ना खोप दिने योजना रहेको दाहालले बताए ।

मोडर्ना खोप लगाउनका लागि विद्यालयमा खोप केन्द्र तोकिएको समेत उनले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published.