आज २३६ संक्रमित थपिए, एक जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर गरिएको ५ हजार ६७२ पीसीआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २३६ जनामा पुष्टि भएको हो।

सोही अवधिमा भने ३ सय ७ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार ५४४ पुगेको छ। पछिल्लो २४ घन्टामा एक जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाले ११ हजार ५५३ ज्यान लिएको छ।

आज देशभर ९८ जना क्वारेन्टाइनमा छन्। ११३ जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ लाख ६६ हजार ९८८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *