थप ६ लाख फाइजर खोप आउँदै, क–कसले पाउँछन् ?

हेल्थपोस्ट नेपाल

दुई साता पछि थप ६ लाख डोज फाइजर खोप आउने भएको छ।

कोभ्याक्स सुविधा अन्तगर्त आगामी ९ पुसमा ६ लाख २० हजार डोज फाइजर खोप आउने निश्चित भएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार कोभ्याक्स सुविधा अन्तगर्त २४ डिसेम्बरका दिन फाइजरको दोस्रो चरणको खोप आउने पक्कापक्की भएको छ।

यसअघि कोभ्याक्सले १ लाख ६२० डोज फाइजर खोप नेपाललाई प्राप्त भएको छ।

उक्त खोप १२ वर्ष माथिका दीर्घ रोगी र १९ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई दिइएको थियो।

अब आउने खोप ती जिल्लाका खोप पाउन बाँकी बालबालिकालाई दिइने मन्त्रालयले जनाएको छ।

साथै, भोलि कोभ्याक्स मार्फत नै १९ लाख ६५ हजार डोज मोडर्ना खोप आउँदै छ।

स्वास्थ्य मन्त्रालयले आगामी ४ पुस देखि ५८ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप दिने तय गरिसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *