आज ५ हजार ९९७ सक्रिय संक्रमित, तीनको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर गरिएको ६ हजार ४७२ पीसीआर र ४ हजार १४ जनाको एन्टीजेन परीक्षणका क्रममा २११ जनामा संक्रमण पुष्टि भएको हो।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ५१४ जना पुगेको छ।

आज देशभर कुल संक्रमितमध्ये ५ हजार ९९७ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ३३७ जना संक्रमणमुक्त भएका छन्।

यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ। उक्त अवधिमा ३ जना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५५२ ज्यान गुमाइसेका छन्। हाल ९७ जना क्वारेन्टाइनमा छन्। मन्त्रालयका अनुसार ११५ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ लाख २९ हजार ३२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published.