दुर्गम गाउँ–गाउँमा पुगेर उपचार सेवा दिँदै डा. गोविन्द केसी

रुकुम पश्चिम जिल्ला अस्पतालमा पुगेर डा. गोविन्द केसीले उपचार सेवा सुरु गरेका छन्।
अर्थोपेडिक डा. केसी शुक्रबार बिहान १० बजे अस्पताल पुगेका दुर्गमका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्ने अभियानको क्रममा रुकुम पश्चिम पुगेका छन्।
जनस्वास्थ्यका खातिर डाक्टर केसी दुर्गम गाउँ–गाउँ पुगिरहेका छन्।
घाम, पानी, दुःख, सुख नभनी घण्टौं पैदल यात्रा गरेर उनी जनताको घर दैलोमा पुगेर निरन्तर सेवामा लागिपरेका छन्।
कणार्लीकै विकट तथा हिमाली जिल्ला तथा वस्तिमा पुगेर स्थानीयलाई रोग तथा स्वास्थ्य सावधानी सम्बन्धि परामर्श मात्रै दिइरहेका छैन् स्वास्थ्य चेकजाँच गरी कुनै समस्या देखिए उपचारका लागि अस्पताल जान पनि सुझाइरहेका छन्।
रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन उपचार गरेर उनी यहाँ आएका हुन्। डा. केसीले उपचार सेवा दिन थालेपछि अस्पतालमा बिहानै स्थानीयहरूको भीड बढेको छ ।
हाड तथा नसा सबन्धी पूराना तथा नयाँ बिरामीले शुक्रबार डा. केसीसँग उपचार तथा परामर्श लिइरहेका छन्। एक हप्ता जिल्ला अस्पतालमा उपचार गरेपछि जिल्ला अस्पताल सल्यान जाने योजना रहेको डा.गोविन्द केसीले बताए ।