कोरोना उपचारमा प्रयोग भइरहेका औषधि कुन–कुन हुन्?

हेल्थपोस्ट नेपाल

कोरोनाभाइरसविरुद्ध बनेका खोपहरूले महामारीलाई केही हदसम्म कम गरे पनि यो सङ्क्रमणको उपचारका लागि औषधिको माग उत्तिकै छ।

खोपबाट विकास हुने प्रतिरोधात्मक क्षमतामा ह्रास आउँदै जाने र विश्वका कतिपय ठाउँहरूमा खोपको पहुँच नै नहुने जस्ता समस्या छन्।

ओमिक्रोनजस्ता नयाँ उत्परिवर्तित भेरिअन्टहरुले औषधिको पनि तयारी गरिरहनुपर्ने पक्षलाई जोड दिएको छ।

कुन-कुन औषधि उपलब्ध छन्?

अहिले धेरै वटा औषधि बनिसकेका छन् जसले भाइरस वा हाम्रो शरीरलाई लक्षित गरेर यसको उपचारमा मद्दत गर्छन्।

एन्टी-इन्फ्लेमेटरी औषधिले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई आवश्यकताभन्दा बढी प्रतिक्रिया जनाउनबाट रोक्छ।

एन्टी-भाइरल औषधिले कोरोनाभाइरसलाई हाम्रो शरीरभित्र थप वृद्धि हुन कठिन बनाउँछ।

एन्टीबडी थेरापीले हाम्रो रोग प्रतिरोधी प्रणालीको नक्कल गरेर भाइरसमाथि आक्रमण गर्छ।

यी सबै औषधि सङ्क्रमणको विभिन्न चरणमा आवश्यक हुने उपचारमा प्रयोग हुन्छन्।

यिनीहरू असाध्यै सस्तोदेखि निकै महँगोसम्म छन्। केही उपचार त नयाँ भेरिअन्टको लागि अरूभन्दा निकै प्रभावकारी पनि छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *