चिकित्सकको लाइसेन्स परीक्षा माघमा

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको माघमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा माघ १४ र १५ मा हुने भएको छ।

काउन्सिलले एक सूचना जारी गर्दै मंसिर २६ देखि पुस २६ सम्म अनलाइन फारम खुल्ने र सो फारम भर्न सूचना जारी गरेको छ।

आगामी २६ मंसिर देखि २६ पुससम्म नियमित रुपमा फारम भर्न सकिन्छ। २७ र २८ पुसमा विलम्ब शुल्क तिरेर फारम भर्न सकिने काउन्सिलले जनाएको छ।

अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था २४ घन्टा खुल्ला रहने छ।

परीक्षा इन्जिनियरिङ अध्यय्न संस्थान पुल्चोकमा कम्प्युटर विधिबाट हुने बताइएको छ।



Leave a Reply

Your email address will not be published.