६ हजार १०५ जना सक्रिय संक्रमित, दुई जनाको निधन

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १८ पीसीआर र १ हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा २११ जनामा संक्रमण पुष्टि हो।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार २५५ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार १०५ जना सक्रिय संक्रमित छन्।

सोही अवधिमा ३२९ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ५ हजार ९०० पुगेको छ। पछिल्लो २४ घन्टामा २ संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ। हाल ९७ जना क्वारेन्टाइनमा छन्। १२१ जना आइसीयू र ३० जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ लाख ३७ हजार १७२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published.