प्रजातन्त्रवादी चिकित्सक संघले पायो नयाँ नेतृत्व, अध्यक्षमा डा. कार्की

प्रजातन्त्रबादी चिकित्सक संघ नेपालको तेस्रो केन्द्रिय महाधिवेशनले नयाँ नेतृत्व पाएको छ।
महाधिवेशनमा अध्यक्ष डा. अनिल बिक्रम कार्की, वरिष्ठ उपाध्यक्ष डा. विक्रान्त ढकाल, महासचिव डा.संयुक्त आचार्य , कोषाध्यक्ष डा।समाज गौतम, सचिव डा. पवन हमाल लगायत निर्वाचित भएका छन्।
२०६६ सालमा स्थापित उक्त संस्थामा समाजसेवी चिकित्सक डा. मनोर दिन सैयद उपाध्यक्ष, बागमती प्रदेश संयोजकको रुपमा सर्बसम्मत निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रा.डा. शसांक कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त सो कार्यक्रममा संस्थापक अध्यक्ष डा.केदार नरसिंह के.सी. निबर्तमान अध्यक्ष डा. लक्ष्मीराज पाठकको नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरु डा. चोप लाल भुषाल, डा. अन्जनीकुमार झा, डा. मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी पौडेल चिकित्सकको उपस्थिित थियो।