१८ बर्षभन्दा माथिका सबैलाई कोरोना खोप दिइने, कहाँ–कहाँ छन्, केन्द्र?

हेल्थपोस्ट नेपाल

उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ।

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट खोप दिइने जनाएको छ।

केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाइने छ।

काठमाडौंमा सशस्त्र प्रहरी बल अस्पताल (बलम्बु), सहिद मेमोरियल अस्पताल (कलंकी), लोट्से भवन (नयाँ बसपार्क), वीरेन्द्र सैनिक अस्पताल (छाउनी), नेपाल प्रहरी अस्पताल (महराजगञ्ज), वीर अस्पताल (महाबौद्ध) र वयोधा अस्पताल (बल्खु) मा खोप केन्द्र तोकिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु), परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल (थापाथली), निजामती कर्मचारी अस्पताल (मिनभवन) र एपेक्स पोलीक्लिनिक, (जडीबुटी) पनि कोरोनाविरुद्धको खोप दिइने मन्त्रालयले जनाएको छ।

१० बजेदेखि बेलुका ३ बजेसम्म निःशुल्क खोप लगाइने छ।

ललितपुरमा पाटन अस्पताल (छवा–बहाल जनस्वास्थ्य शाखा, सैबु स्वास्थ्य चौकी, लुभु प्राथमिक स्वास्थ्य केन्द्र (इमाडोल स्वास्थ्य चौकी ), गोदावरी नगरपालिका ( बज्रबाराही चापागाँउ अस्पताल, बाडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्र,लेले प्राथमिक स्वास्थ्य केन्द्र, बागमती गाँउपालिमा ( भट्टेडाँडा स्वास्थ्य चौकी, कोन्जोसोम गाँउपालिका (चौघरे स्वास्थ्य चौकी र महांकाल गाँउपालिका (गोटिखेल स्वास्थ्य चौकी बाट खोप लिन सकिन्छ।

यता, भक्तपुरमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल (थिमी) मा बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोप दिइने छ।ख्वप अस्पताल (च्यामसिंह, भक्तपुर) मा बिदाको दिन बाहेक बिहान १० देखि १ बजे सम्म खोप लगाइने मन्त्रालयले जनाएको छ।

कहाँ–कहाँ छन्, खोप केन्द्र?

 



Leave a Reply

Your email address will not be published.