चिकित्सा शिक्षा आयोगले भन्यो– अतिरिक्त शुल्क नतिर्नु

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्यापन गराउने विश्वविद्यालय तथा प्रतिष्ठानलाई तोकेको भन्दा बढी शुल्क नलिन ध्यानाकर्षण गराएको छ।

आयोगले विज्ञप्ती जारी गर्दै शिक्षण शुल्क बुझाउँदा राष्ट्रिय चिकित्सा शिक्षा ऐन,२०७५ को दफा बमोजिम एक तिहाई रकम पहिलो बर्ष विश्वविद्यालयमा र बाँकी रुकम बार्षिक रुपमा किस्ताबन्दीमा शिक्षण संस्थामा बुझाउनुपर्ने व्यवस्था रहेको जनाएको छ।

शिक्षण संस्थाहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि अभिभावक तथा विद्यार्थीहरुले आयोगमा उजुरी गर्न थालेका छन्।

हरेक वर्ष चिकित्सा शिक्षाको शुल्क सरकारले निधारण गरे पनि शिक्षण संस्था तथा प्रतिष्ठानहरुले कुनै न कुनै बहानामा विद्यार्थीहरुसँग थप शुल्क असुल्ने गरेका छन्। यसकारण विद्यार्थीहरु पटक–पटक आन्दोलनमा पनि उत्रिनु परेको छ।



Leave a Reply

Your email address will not be published.