आज २८० संक्रमित, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा २८० संक्रमित भएका छन्।
१२ हजार १७४ नमुना परीक्षण गर्दा २५५ जना पिसिआर विधिबाट र २५ जना एन्टिजेन विधिबाट कोरोना पुष्टि भएका छन्।
संक्रमणका कारण २ जनाको मृत्यु भएको छ भने देशभर ६ हजार २३९ जना कोरोना संक्रमित भएका छन्।
काठमाडौं उपत्यका भित्र १४६ जना संक्रमित भएका छन्,जस अनुसार भक्तपुरमा १५, ललितपुरमा ३१, काठमाडौंमा १०० जनामा कोरोना पुष्टि भएको छ।
आज देशभर २ लाख ८३ हजार १३२ जनाले खोप लगाएका छन्।