स्वास्थ्यमन्त्रीको गुनासो : सरकारले तोकेको दरबन्दीमा चिकित्सकले काम गर्न मानेनन्

काठमाडौं ( स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकारले तोकेको दरबन्दीमा चिकित्सकहरुले काम गर्न नमानेको बताएका छन्। साथै उनले दुर्गममा बसेर काम गर्नसमेत नमानेको आरोप चिकित्सकलाई लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको दुई दिने समीक्षा कार्यक्रममा बोल्दै उनले मन्त्रालयसँग अस्पतालमा आवश्यक दरबन्दी नभएको तथा भएको दरबन्दीमा विशेषज्ञ चिकित्सक जान नमानेको बताए।
उनले सचिव डा. रोशन पोखरेललाई मन्त्रालयको तर्फबाट प्रस्ताव पठाउन भने।
उनले भने, प्रत्येक क्याविनेटमा झगडा गर्ने जिम्मा म लिन्छु। खासखास अनिवार्य भएका दरबन्दी सृजना गरेर जानुपर्ने छ। म गएको सबै अस्पतालहरुको गुनासो दरबन्दी नै देख्छु।’ उनले भने।