डा. अन्जनी झा कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष प्रा. डा. अञ्जनीकुमार झाले उम्मेदवारी दिने घोषणा गरेक छन्।

डा. झाले मधेशी कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

महोत्तरी ४ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित डा. झा १२ र १३ औं महाधिवेशनमा सहभागिता जनाएका थिए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका पूर्वअध्यक्षसमेत रहेका डा. झाले अबको राजनीति विकास तथा प्राविधिक जनशक्तिमा केन्द्रित रहनुपर्ने र यसका लागि प्राविधिक व्यक्ति नै आवश्यक हुने बताए।

उनको एजेण्डामा नेपाली कांग्रेसले विश्वमा भएका परिवर्तन तथा विकासका प्रविधिलाई अंगाल्नसक्ने हुनुपर्छ भन्ने रहेको छ। उनले आफू नेपाल चिकित्सक संघको अध्यक्ष भएका समयमा उठाएका एजेण्डाहरुलाई राजनीतिमा बसेर पूरा गर्नसकिने बताए।

‘अबको राजनीतिमा गणतन्त्रलाई मान्यता होइन, नीतिगत परिवर्तन तथा देशको विकासमा केन्द्रित गर्नुपर्छ। पहिलेका नेताहरुले गणतन्त्रका लागि संघर्ष गरे र सफल पनि भए, अब देशलाई अर्कै दिशातिर लान आवश्यक छ।

नेपाली कांग्रेसमा प्राविधिक व्यक्तिहरुको ठूलो आवश्यकता रहेको छ,’ उनले भने। डा. झाले महाधिवेशनमा कुन प्यानलबाट उम्मेदारी दिने भन्ने विषय निर्णय गर्न बाँकी रहेको बताए।



Leave a Reply

Your email address will not be published.