चिकित्सा शिक्षा आयोगमा विद्यार्थीले लगाए ताला

हेल्थपोस्ट नेपाल

चीनबाट चिकित्सा शिक्षा अध्ययन गरी फर्केका विद्यार्थीहरुले आफ्नो माग पूरा गर्न आग्रह गर्दै चिकित्सा शिक्षा आयोगमा तालाबन्दी गर्ने घोषणा गरेका छन्।

२०१५ र १६ ब्याचका विद्यार्थीहरुले स्वदेशमै इन्टर्नसिप गर्न व्यवस्था मिलाइदिन भन्दै कयौं दिनदेखि माइतीघरमा आन्दोलन गर्दै आएका थिए। आन्दोलनकै क्रममा चिकित्सा शिक्षा आयोगसँग वार्ताका लागि गएका विद्यार्थीहरुलाई प्रहरीले जर्बजस्ती गरेको र पदाधिकारीहरुलाई भगाइएको भन्दै तालाबन्दीको घोषणा गरेका छन्।

विज्ञप्त जारी गर्दै विद्यार्थीहरुले लेखेका छन्, ‘आफ्नो माग राख्दै चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुसँग शान्तिपूर्ण पहल गर्दा प्रहरीले विद्यार्थीहरुलाई बलपूर्वक दमनगरी आयोगका पदाधिकारीलाई भगाइएको हुनाले हामी बाध्य भई आजको दिनबाट चिकित्सा शिक्षा आयोगमा तालाबन्दीको घोषणा गरेका छौं।

उनीहरुले चीनबाट सैद्धान्तिक कक्षा पूरा गरेपनि इन्टर्नसिप गर्न भने पाएका थिएनन्। कोरोना महामारीका कारण बाध्य भएर नेपाल फर्केका थिए।

इन्टर्नसिप नगरेसम्म चिकित्सा शिक्षालाई नेपाल मेडिकल काउन्सीलमा दर्ता गर्न नपाउने व्यवस्था भएका कारण गत वर्षदेखि इन्टर्नसिपको व्यवस्था गरिदिन आन्दोलन गर्दै आएका थिए।



Leave a Reply

Your email address will not be published.