देशभर थपिए ३१५ संक्रमित, दुईको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ३१५ कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८१० वटा नमुना परीक्षण गर्दा पिसिआर विधिबाट २७२ र एन्टिजेन विधिबाट ४३ जनामा कोरोना पुष्टि भएको छ।

आज २ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने ३०४ जना संक्रमण मुक्त भएका छन्।

२४ घण्टासम्मको तथ्याङ अनुसार ६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, आज एक लाख २७ हजार ७५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *