संक्रमित सन्तानलाई अभिभावकले विद्यालय पठाएपछि…

हेल्थपोस्ट नेपाल

क्यालिफोर्नियाका एक परिवारले आफ्नो बच्चा कोरोना संक्रमित भएको थाहा हुँदाहुँदै विद्यालय पठाएपछि कयौं बालबालिकाहरु पनि संक्रमित भएका छन्।

अमेरिकाको नील क्युमीन स्कुलमा प्राथमिक तहमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकले संक्रमण पुष्टि भएपनि सातदिनसम्म लगातार विद्यालय पठाएको पत्ता लगेको हो।

उक्त विद्यार्थीका कारण उनीसँगै एउटै कक्षामा पढ्ने ७५ जना बालबालिकाहरुलाई क्वारेन्टिनमा राखिएको छ।

स्वास्थ्य संस्था ‘म्यारिन कन्ट्रि पब्लिक हेल्थ’ ले विद्यालयलाई त्यहाँ अध्ययनरत विद्यार्थी कोरोना संक्रमित भएको भनी सूचित गराएपछि बल्ल विद्यालयलाई खबर भएको अन्र्तराष्ट्रिय संचार सिएनएनले जनाएको छ।

उक्त स्वास्थ्य संस्थाले विद्यार्थी क्वारेन्टिनमा छ वा छैन भनेर फलोअप गर्नका लागि विद्यालयमा सम्पर्क गर्दा सो खबर बाहिर आएको स्वास्थ्य संस्थाका चिकित्सक डा. म्याट विलिसले बताए।

अभिभावकले न त विद्यालयलाई सुचित गराए न त स्वास्थ्य संस्थालाई नै। यस्तो गतिविधि गैरकानूनी रहेको उनले बताए।

अमेरिकाको पब्लिक हेल्थ डिपार्टमेन्ट अनुसार सबै प्रयोगशालाहरुले विभागमा नयाँ संक्रमितको बारे सूचना दिनुपर्छ। जब विभागले अभिभावकलाई सोधपुछ गर्दा विद्यालयको नाम दिन मानेका थिएनन्।

परीक्षण गर्दा ८ जना भन्दा बढि बालबालिका संक्रमति भएको पाइएको छ।

विद्यालयले अभिभावक विरुद्ध उजुरी गरिसेका छन्। यसको सजाय के हुन्छ हालसम्म खबर गरिएको छैन। अभिभावकहरुले विद्यालयका प्रधानाध्यापकलाई माफी पत्र पठाएको विद्यालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.