ओमिक्रोन भाइरस समुदायस्तरमा फैलिन थालेपछि बढ्यो चिन्ता

हेल्थपोस्ट नेपाल

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका ३८ भन्दा बढी देशहरूमा देखापरिसकेको छ। नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार यो भेरियन्ट नेपालमा भेटिइसकेको पुष्टि गरेको छ। नेपाल आएका दुई विदेशी नागरिकमा यसको संक्रमण देखिएको छ।

दक्षिकण अफ्रिकामा पहिलोपटक देखिएको यो भेरियन्ट अमेरिका, बेलायत, भारत तथा युरोपेली राष्ट्रहरुमा तीव्र गतिमा फैलिइरहेको छ।

बेलायतमा त समुदायस्तरमा तीव्र गतिमा संक्रमण फैलिइरहेको छ। बाहिर कतै यात्रा नगरेका नागरिकमा पनि यसको संक्रमण देखिन थालेको छ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले देशमा कोरोनाको नयाँ संस्करणका ३३६ केसहरु आइसकेको बताए। जाविदले ‘ट्रयाभल हिस्ट्री’ नभएकाहरुमा पनि संक्रमण देखिन थालेको भन्दै चिन्ताजनक अवस्था आएको बताए। ‘हामीले केही पनि भाग्यको भरोसामा छोडेका छैनौं। जब विश्वभरका वैज्ञानिक यो नयाँ भे‍रियन्टका बारेमा जानकारी संकलन गर्नतर्फ लागेको छ हामी यसविरुद्ध लड्न आफ्नो प्रतिरक्षा प्रणालीलाई मजबुत बनाइरहेका छौं।’, उनले भने।

यो भेरियन्ट डेल्टाभन्दा बढी संक्रामक रहेको विज्ञले बताएका छन्।

 



Leave a Reply

Your email address will not be published.