स्वीकृत नगरी बिदा बसेको भन्दै कोशी अस्पतालका रेडियोलोजिष्टलाई सोधियो स्पष्टिकरण, ७ दिनको म्याद

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदा स्वीकृत नगराई स्वास्थ्य सेवामा अनुपस्थित रहेका कोशी अस्पताल विराटनगरका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. ओमबिजु पन्तलाई स्पष्टीकरण सोधेको छ।

२०७५ वैशाख २ देखि अनुपस्थित रहेका डा पन्तलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१)(ज) को कसुरमा सोही ऐनको दफा ७२(ख)१ बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने देखिएको भन्दै हटाउने प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले उनलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ ९१० ज को कसुरमा कारवाही किन नगर्ने? कार्वाही नगर्नुपर्ने कुनै कारण भए सुबद प्रमाण सहित ७ दिनभित्र स्पष्टीकरण पेस गर्न सुचना जारी गरेको छ।



Leave a Reply

Your email address will not be published.