२६५ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना पुष्टि भएको छ। ८ हजार ६१७ नमुना परीक्षण गर्दा २३८ जना पिसिआर विधिबाट र २७ जना एन्टिजेन विधिबाट संक्रमित पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई जनामा नयाँ भेरियन्ट ओमिक्रोन पनि भेटिएको छ।

आज दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ५४३ जनाको मृत्यु भएको छ।

२४ घण्टामा ३५७ जना संक्रमण मुक्त भएका छन् भने ६ हजार ३९६ जना सक्रिय संक्रमित रहको मन्त्रालयले जनाएको छ।

आज मात्र एक लाख ६ हजार ६१० जनाले कोरोना विरुद्दको खोप लगाएका छन्।

पूर्ण मात्रामा खोप लगाउँदा पनि नयाँ भेरियन्टको संक्रमण देखिने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *