के नेपालमा लकडाउन हुन्छ? यसो भन्छ मन्त्रालय

हेल्थपोस्ट नेपाल

कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा छिरिसकेको छ। ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ। यसअघि दुई चरणमा कोभिडको मार नेपालले झेलिसकेको छ।

नयाँ भेरियन्टको नियन्त्रण तथा रोकथामको लागि सरकारको तयारी चुस्त रुपमा बढिसकेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए।

सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ ? के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? भन्ने प्रश्नमा डा. अधिकारीले हालको अवस्थामा मन्त्रालयले लकडाउन गर्ने वा नगर्नेबारे कुनै छलफल वा निर्णय नभएको बताए ।

‘अहिले नै लकडाउनबारे कुनै निर्णय भएको छैन। परीक्षण, निगरानी, खोप पहिलो प्राथमिकता हो,’ डा. अधिकारीले हेल्थपोस्टसँग भने।
मन्त्रालयले अहिलेको अवस्थामा अस्पताल व्यवस्थापनको जुटेको उनको भनाई छ।

रोकथाम तथा नियन्त्रणको लागि के गर्दै छ सरकार?

ओमिक्रोन भेरियन्ट संक्रमणका पुष्टि भइसकेको हङकङलगायतका नौ देशबाट अब नेपालमा आउन प्रवेश रोक पनि लगाइएको छ ।

नेपालले अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेको खोपको विवरण लिने गरेको लक्षण तथा चिन्हहरूको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाकाहरू भइ प्रवेश गर्ने पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ।

एन्टिजेन परीक्षणमा फेला परेकाहरूको नमुना संकलन गरी पीसीआर परीक्षण गर्ने र संकास्पद नमुनाहरूको जीन सिक्वेइन्स गर्ने गरिएको छ । यसका साथै विगत एक महिनादेखि पोजिटिभ भएका नमुमनाहरूको समेत थप परीक्षण गर्ने काम भइरहेको डा. अधिकारीले बताए।

नेपालमा ओमिक्रोन पुष्टि भएसँगै निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको उनले जानकारी दिए।



Leave a Reply

Your email address will not be published.