ओमिक्रोन पुष्टि भएपछि मन्त्रालयले भन्यो : ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ’ थप प्रभावकारी बनाइयो

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएसँगै ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको बताएको छ। नेपालमा ओमिक्रोन भेरियन्ट भेटिएको बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले निगरानी तथा कन्ट्याक्ट ट्रेसिङलाई थप प्रभावकारी बनाइएको बताएको हो।

नेपालमा ओमिक्रोन पुष्टि भएसँगै निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको छ। आम नागरिकलाई ओमिक्रोनसँगसम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यससम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ।’, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने।

उनले कोभिड-१९ का अरु भेरियन्ट जस्तै यसको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना गर्न र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले उक्त अभियानमा सहभागी बन्न सबैलाई आग्रह गरे।

 



One thought on “ओमिक्रोन पुष्टि भएपछि मन्त्रालयले भन्यो : ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ’ थप प्रभावकारी बनाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *