कोरोना विरुद्ध ‘बुस्टर’ डोज दिइने, को–काे पर्छन् पहिलो प्राथमिकतामा

हेल्थपोस्ट नेपाल

सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज दिने तयारी गरेको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बुस्टर डोज दिने सम्बन्धमा छलफल भइरहेको बताए।

यसबिषयमा राष्ट्रिय खोप सल्लाहकार समितिले बुस्टर डोज दिन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरिसकेको छ। मन्त्री खतिवडाले यस बिषयमा मन्त्रालयमा छलफल भइसकेको र आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने बताए।

नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि विश्वका अधिकांश मुलुकहरुले बुस्टर डोज दिइरहेका बेला सरकारले पनि त्यसको तयारी थालेको हो।

‘बुस्टर डोजको विषयमा क्याबिनेटमा प्रस्ताव लैजाने तयारी छ। हामीले प्राथमिकताको आधारमा खोप दिँदै जान्छौं।’

मन्त्री खतिवडाले बुस्टर डोज सम्बन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल भएको बताए। प्रधानमन्त्री देउवाले बुस्टर डोजको प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको मन्त्री खतिवडाले बताए।

को पर्छन् प्राथमिकतामा ?

सरकारले दुई मात्रा खाेप लगाएकाे तीन महिना भएका व्यक्तिलाई ‘बुस्टर’ डोज दिने तयारी भएको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लाल कर्णले बताए। त्यसैगरी, दीर्धरोगीलाई पनि दिनेछ।

‘तीन महिनापछि खोपको प्रतिरोधात्मक क्षमता घट्दै जाने देखिएको छ,’ डा. कर्णले भने, ‘ त्यसको आधारमा दुई खोप मात्रा लिइएको तीन महिना भएका र व्यक्तिलाई र दीर्धरोगीलाई बुस्टर डोज दिने तयारी भएको छ।’

हालसम्म २ करोड ७३ लाख ५६ हजार ५ सय ३० मात्रा खोप प्राप्त भएको छ। जसमध्ये १ करोड ८९ लाख ९ सय ४ मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *