भारतमा कोभिडका कारण हुने मृत्युमा दैनिक वृद्धि

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ। शनिबार एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ।

केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा थियो। बिहारमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको पूरानो संख्यालाई मिलान गर्दा शनिबार एकै दिन दुई हजार ७९६ जनाको मृत्यु भएको देखिएकाे जनाइएको छ।

यद्यपि शनिबार एकै दिनमा केरलामा कोरोना सङ्क्रमणका कारण २६३ जनाको मृत्यु भएको छ। आइतबार बिहानसम्म भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल सङ्ख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ। भारतमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ सङ्क्रमित रहेका छन्। यो संख्या कूल सङ्क्रमतिको एक प्रतिशतभन्दा कम हाे। सक्रिय सङ्क्रमितको यो संख्या ०.२९ प्रतिशत रहेको जनाइएको छ।

गएको २४ घण्टामा ६ हजार ९१८ जना कोरोनामुक्त भएका छन्। हालसम्म ३ करोड ४० लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन्। कोरोनामुक्तकाे यो दर ९८.३५ रहेको समाचारमा जनाइएको छ। यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ सङ्क्रमित थपिएसँगै आइतबार देशमा कोभिड सङ्क्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।

भारत शनिबार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परीक्षण गरिएको थियो। यससँगै कोरोना सुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जनाकाे परीक्षण गरिएको जनाइएको छ। भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्व ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *