एकैदिन पाँच जना संक्रमितको मृत्यु , ६ हजार ७४४ जना सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

नेपालमा थप २३८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ६७९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५२९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जना र १५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ३९२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ७४४ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा ३९२ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार ६ हजार ७४४ जना सक्रिय संक्रमित रहेका छन्।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०६ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *