भारतमा ‘ओमिक्रोन’ भाइरस फैलिँदै

भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को तेस्रो केस फेला परेको छ। तेस्रो केस गुजरातको जामनगरमा भेटिएको हो। दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा संक्रमण भेटिएको भारतीय स्वास्थ्य अधिकारीले जनाएका छन्।
उनी दुई दिन अघिमात्र दक्षिण अफ्रिकाबाट गुजरात आएका थिए। उनको एरपोर्टमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो। त्यसपछि उनको नमुना जिनोम सिक्वेन्सिङका लागि पठाइएको थियो। जसबाट ओमिक्रोन संक्रमण भएको पुष्टि भएको हो।
यसअघि कर्नाटकमा दुईजनामा यो भेरियन्टको संक्रमण भेटिएको थियो।