फेला परेको १० दिनमै ३५ देशमा फैलियो ओमिक्रोन भेरियन्ट, डेल्टाभन्दा ५ गुणा बढी संक्रामक

हेल्थपोस्ट नेपाल

डेल्टाको तुलनामा ५ गुणा बढी खतरनाक मानिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन १० दिनमै ३५ देशमा फैलिएको छ।

गत २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो भेरियन्ट ३ डिसेम्बरसम्म ३५ देशमा फैलिएको हो। हालसम्म ओमिक्रोनबाट ४ सय जना संक्रमित भएको पाइएका छन्।

ओमिक्रोन भेरियन्ट हालसम्म दक्षिण अफ्रिका, बोत्स्वाना, नेदरल्याण्ड, हङकङ, इजरायल, बेल्जियम, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटली, चेक गणराज्य, डेनमार्क, अस्ट्रिया, क्यानडा, स्वीडेन, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, जापान, घाना, दक्षिण कोरिया, नाइजेरिया, ब्राजिल, नर्वे, साउदी अरब, आयरल्याण्ड, अरब इमिरेट्स, भारत, ग्रीस, अमेरिका, सिंगापुर, मलेसिया, फ्रान्स, श्रीलंका र मेक्सिकोमा फैलिइसकेको छ।

विज्ञहरुले ओमिक्रोन दोस्रो लहरको कारक मानिएको डेल्टाभन्दा ५ गुणा बढी संक्रामक भएको भेटिएकाले सचेत हुन आग्रह गरेका छन्। डेल्टाको १ सय दिनमा जति संक्रमित भेटिएका थिए, ओमिक्रोनका बिरामी १५ दिनै त्यति फेला परेका छन्।

संक्रमणका बाबजूद पनि परीक्षण गर्दा यो भाइरस नदेखिने बताइएको छ। यस्तै, मानिसको शरीरमा रहेको एन्टीबडीले यसबाट हुने खतरालाई कमजोर बनाउने जनाइएको छ। यद्यपि वैज्ञानिकहरुले यसबारेमा अध्ययन गरिरहेका छन्।

विश्व स्वास्थ्य संगठनले यसलाई भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ। यसको अर्थ हो यो भेरियन्ट तीव्र गतिमा फैलन्छ। खोप बनाउने कम्पनी मोर्डनाले पनि ओमिक्रोन भेरियन्टमा हाल निर्माण गरिएको खोप प्रभावकारी हुँदैन।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *