कोरोना : ८ महिनापछि पहिलो पटक शून्य मृत्यु

हेल्थपोस्ट नेपाल

 

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना भाइरसबाट कसैको पनि मृत्यु नभएको पाइएको हो ।

यसभन्दा अगाडी चैत्र २७ मा दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो। हालसम्म कोरोनाबाट ११ हजार ५३५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ८३६ नमुना परीक्षणमा २४६ जनामा संक्रमण देखिएको हो।

सोही समयमा ३४७ संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै कुल संक्रमितको संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ। जसमध्ये ८ लाख ३ हजार ७१६ संक्रमणमुक्त भएका छन्।

हाल देशभर ६ हजार ९२१ सक्रिय संक्रमित रहेका छन्। हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०७ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ लाख ७५ हजार ५५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *