थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ६ हजार ९२१ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ८३६ नमुना परीक्षणमा २४६ जनामा संक्रमण देखिएको हो।

सोही समयमा ३४७ संक्रमित संक्रमणमुक्त भएका छन् भने कुनै पनि संक्रमितको मृत्यु भएन।

योसँगै कुल संक्रमितको संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ। जसमध्ये ८ लाख ३ हजार ७१६ संक्रमणमुक्त भएका छन् भने ११ हजार ५३५ जनाको मृत्यु भएको छ।

हाल देशभर ६ हजार ९२१ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *