मलेसियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

मलेसियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको छ।
दक्षिण अफ्रिकाबाट सिंगापुर हुँदै मलेसुया पुगेकी १९ वर्षिया महिलामा सो भेरियन्ट देखिएको हो।
मलेसियाका स्वास्थ्य मन्त्रालयका अनुसार उनले पूर्णमात्रामा खोप लगाइसकेकी छिन्।
मलेसिया पुग्ने वित्तिकै उनलाई १० दिनको क्वारेन्टिनमा राखिएको र नोभेम्बर २९ मा हिँडडुल गर्न दिइएको स्थानीय संचार माध्ययमले जनाएको छ।
उनीसँगै एउटै गाडीमा बसेका पाँच जनामा भने ओमिक्रोन भेरियन्ट नेगेटिभ पुष्टि भएको छ।
उक्त महिला नोभेम्बर १९ मै मलेसिया पुगिसकेकी थिइन्। तर उक्त समयमा दक्षिण अफ्रिकाले विश्व स्वास्थ्य संगठनमा पहिलो ओमिक्रोन केसका बारे रिर्पोट पनि गरेको थिएन।
जब महिलामा कोरोनाको नयाँ भेरियन्ट पत्ता लाग्यो, अधिकारीहरुले त्यसलाई पुन जिनोमिक परीक्षण गरेको थियो।
मेलेसियाका छिमेकी सिंगापुरमा पनि दुई संक्रमित फेला परिसकेको छ।