पिसिएल नर्सिङ अध्यापनबारे चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्रीबीच छलफल हुँदै

पिसिएल नर्सिङ संचालन गर्ने कलेजहरु कतिलाई अनुमति दिने वा नदिने विषयमा चिकित्सा शिक्षा आयोगको बैठक बस्दैछ।
प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा आयोगका पदाधिकारीहरु सहित बैठक बस्न लागेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का सचिव जीव नारायण काफ्लेले बताए।
चिकित्सा शिक्षा ऐन अनुसार १०० शैयाको अस्पताल नभएका नर्सिङ क्याम्पसहरुलाई पिसिएल नर्सिङको कक्षा संचालन गर्न नदिने भन्दै लामो समयसम्म सिटिइभिटीले भर्ना नै खुलाएको थिएन।
तर केही हप्ता अघि सिटिइभिटीले आयोगको अनुमति लिएर १०० शैया भएका अस्पतालहरु छानेर कलेजको नाम सार्वजनिक गरेको थियो।
उक्त सूचीमा ४५ वटा कलेजले भर्ना लिन पाउने अनुमति पाएका थिए।
तर चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४२ बमोजिम विश्वविद्यालय प्रतिष्ठान र विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त शिक्षण संस्थाहरुमा सञ्चालन गर्न नहुने भएकाले ऐन विपरीत भर्ना नलिन सिटिइभिटीलाई निर्देशन दिएको थियो।
सोही अनुसार १६ वटा क्याम्पसहरुलाई भर्ना प्रक्रिया अघि बढाउन रोक लगाएको छ।
आयोगले यी कलेजहरुको सिट संख्या निर्धारण सम्बन्धमा कुनै पनि निर्णय नभएको तर सिटिइभिटीबाट सिट निर्धारण गरी भर्ना खुलाउने निर्णय आयोगको ऐन र आयोगको निर्णय विपरित भएको भन्दै विद्यार्थी भर्ना सम्बन्धी सूचना रद्द गर्न सिटिइभिटीलाई निर्देशन दिएको थियो।
‘हामीले ऐन अनुसार नै सबै कलेजहरु छानेका थियौं। सबै प्रक्रिया पुग्दा पनि केही कलेजलाई अनुमति नदिन भनिएको छ। अब आयोगको बैठकबाट जे निर्णय हुन्छ, त्यही गछौं,’ काफ्लेले भने।
आयोगको निर्णय आइनसकेका कारण कुनै पनि कलेजमा हाल भर्ना प्रक्रिया नरोकिएको उनले बताए।
आयोगका अनुसार यी १६ वटा कलेजलाई भर्ना प्रकृया अघि बढाउन रोक लगाइएको छ।
-ओम हेल्थ क्याम्पस, काठमाडौं
-नोबल मेडिकल कलेज, विराटनगर
-नेसनल मेडिकल कलेज, वीरगञ्ज
-कलेज अफ मेडिकल साइन्सेज, चितवन
-एनपिआइ नारायणी सामुदायिक अस्पताल, चितवन
-काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, काठमाडौं
-नागरिक कलेज अफ हेल्थ साइन्स, काठमाडौं
-नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
-मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
-नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
-अल्का अस्पताल, ललितपुर
-बिएन्डबी मेडिकल इन्स्टिच्युट, ललितपुर
-मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा
-नेपालगञ्ज नर्सिङ क्याम्पस, बाँके
-लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पाल्पा
-देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट, रुपन्देही
यी २९ कलेजहरुले मात्र पिसिएल नर्सिङ अध्यापन गराउन पाउँछन्ः
-लाइफ लाईन हस्पिटल, झापा
-आम्दा इन्स्टिच्यूट अफ हेल्थ साइन्स, झापा
-शैलजा आचार्य मेमोलियल पोलिटेक्निक इन्ष्टिच्यूट, जहदा, मोरङ
-न्युरो अस्पताल विराटनगर, मोरङ
-विराट हेल्थ कलेज, मोरङ
-सन्त अल्पमाई राम नारायण यादव पोलिटेक्निक इन्स्टिच्यूट, सर्लाही
-गौर नर्सिङ कलेज, गौर, रौतहट
-छिन्नमस्ता एजुकेशन एकेडेमी, सप्तरी
-युनिक कलेज अफ मेडिकल साइन्स एण्ड हस्पिटल, सप्तरी
-मेडिकल इन्स्टिच्यूट, सिराहा
-नेशनल ह्युमन रिसोर्स डेभलपमेण्ट एकेडेमी, धनुषा
-रामजानकी हेल्थ फाउण्डेशन, धनुषा
-जनकपुर नर्सिङ क्याम्पस, धनुषा
-स्टार एकेडेमी, ललितपुर
-ग्रीनतारा कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी, ललितपुर
-श्रद्धा इन्स्टच्यूट अफ हेल्थ साइन्स, भक्तपुर
-इवामुरा कलेज अफ हेल्थ साइन्स, सल्लाघारी, भक्तपुर
-हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी, काठमाडौं
-सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस, काठमाडौं
-शहिद स्मारक जनस्वास्थ्य कलेज, काठमाडौं
-महेन्द्र नारायण निधी मेमोरियल हेल्थ इन्स्टिच्यूट, काठमाडौं
-शंकरापुर एकेडेमी, जोरपाटी, काठमाडौं
-भरतपुर हस्पिटल, चितवन
-च्छोरोल्पा जनरल अस्पताल प्राली, चरिकोट, दोलखा
-चरक इन्स्टिच्यूट अफ हेल्थ साइन्स, पोखरा, कास्की
-कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्यूट, गैंडाकोट, नवलपरासी
-तानसेन स्कूल अफ हेल्थ साइन्स तानसेन, पाल्पा
-राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर, दाङ
-वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपालगञ्ज, बाँके