अब देखि एकैदिन २ लाख जनालाई कोरोना खोप

सरकारले अबदेखि दैनिक २ लाख जनालाई कोरोना–१९ विरुद्धको खोप लगाउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउन पनि मन्त्रिपरिषद्को बैठक निर्देशन दिएको छ। सरकारबाट सबै नेपालीलाई निःशुल्क रुपमा खोप उपलब्ध गराइरहेका छ।
स्वास्थ्य मन्त्रालयले बिहिबार जारीको तथ्यांक अनुसार एकैदिन झण्डै ३ लाख जनालाई खोप लगाएको थियो। मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कुल जनसंख्याको २८.२ प्रतिशतलाई पूर्ण खोप लगाएको उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार खोप आउने क्रम जारी गरेको केही मात्रामा खोप बाँकी रहेकाले अब खोप अभियानलाई तीब्रता दिइने छ।
स्वास्थ्य सेवा विभागका अनुसार केन्द्र तथा प्रदेशमा गरी करिब ५० लाख डोज खोप बाँकी छ।