न्युयोर्कमा एकैदिन भेटिए ओमिक्रोनका ५ संक्रमित

अमेरिकाकाे न्युयोर्कमा एकैदिन ओमिक्रोनका पाँच संक्रमित भेटिएका छन्।
पछिल्लो पटक अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसका संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा पाँचजनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिइन्।
अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको थियाे।
फेला परेकाे भोलिपल्टै यो भेरियन्टकाे संक्रमण न्युयोर्कमा पनि पाइएको थियाे।
यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एकजना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिए।
उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो।
यस्तै, बुधबार नै अमेरिकाको अर्को शहर मिनेसोटामा पनि कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको छ।
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्निया, मिनेसोटा राज्य र न्युयोर्क सहरमा ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ। यो भाइरस अहिले विश्वका करिब ३० देशमा भेटिइसकेको छ।