ल्याब टेक्निसियन शोभाचन्द्र मिश्र सरकारी सेवाबाट बर्खास्त

सरकारले वीर अस्पतालका एक जना ल्याब टेक्निसियनलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै वीर अस्पतालमा कार्यरत शोभाचन्द्र मिश्रलाई सेवाबाट हटाइएको जनाकारी दिएको हो।
अधिकृत छैटौँ तहका ल्याब टेक्निसियन मिश्रलाई लोक सेवा आयोगको उजुरी र विभागीय सजाय परामर्श शाखाको निर्णय र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (१) आधारमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
भविस्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिनेगरी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।
सो दफामा विदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यलयमा अनुपस्थित रहेमा सेवाबाट हटाउन सक्ने भन्ने प्रावधान रहेको छ ।
मिश्रलाई २०७० माघ २६ गत गतेबाट लागू हुने गरी भविष्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अझ रोचक कुरा के छ भने, यो निर्णय २०७० माघ २६ गते देखि अर्थात करीब ८ बर्ष अघि देखि लागू हुने भनिएको छ ।