आज कुन-कुन ठाउँमा पर्दै छ पानी, कहिलेसम्म रहन्छ माैसममा बदली ?

हेल्थपोस्ट नेपाल

आज पनि पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर परेको छ।

देशकाे पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको छ। पश्चिमी क्षेत्रका धेरैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ भने केही ठाउँमा हल्का पानी परेको छ।

आज पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

आज काठमाडाैं उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने अनुमान छ। भोलि भने प्रदेश-१ र २ बाहेकका प्रदेशमा मौसम खुल्ने अनुमान गरिएको छ।

प्रदेश-१ र २ मा भने यो प्रणालीको प्रभावले भोलि दिनभर पनि मौसम सामान्यदेखि पूर्ण बद्ली हुने सम्भावना रहेको नगरकोटीले बताइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *