ओमिक्रोन भाइरस यी ३० देशमा फैलियो

हेल्थपोस्ट नेपाल

उच्च संक्रामक मानिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बिहिबारसम्म ३० देशमा भेटिएका छन्।

पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ छिमेकी मुलुक भारतमा समेत देखिएपछि नेपालमा चासो र चिन्ता व्यक्त गर्न थालिएको छ।

प्रतिरक्षालाई कमजोर बनाउने स्पाइक प्रोटिनमा तीव्र रूपमा आएको उत्परिवर्तनले हालसम्मको भेरियन्टको तुलनामा बढी संक्रामक हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । तर, हालसम्म संक्रमितमा गम्भीर लक्षण भने देखिएको छैन ।

दक्षिण अफ्रिका, युरोप, अमेरिकाका देश बढी प्रभावित भएका छन्।

जसमध्ये सबैभन्दा बढी दक्षिण अफ्रिकामा १८३ जनामा ओमिक्रोन भेरियन्टका संक्रमित भेटिएका छन् ।

त्यसैगरी, बोत्स्वानामा १८३, नेदरल्याण्डमा १६, हङकङमा ७, इजरायलमा २, बेल्जियममा २, बेलायतमा ३२, जर्मनीमा १०, अष्ट्रेलियामा ८, इटालीमा ४, चेकियामा १, डेन्मार्कमा ६, अष्ट्रिया ४, क्यानाडामा ७, स्वीडेनमा ४, स्वीट्जरल्याण्डमा ३, स्पेनमा २, पोर्चुगलमा १३, जापानमा २, फ्रान्समा १, घानामा ३३,दक्षिण कोरियामा ३, नाइजेरियामा ३, ब्राजिलमा २, नर्वेमा २, अमेरिकामा १, साउदीमा १, आयरल्याण्डमा १, युएईमा १ र भारतमा २ जनामा ओमिक्रोन भाइरस देखा परिसकेको छ।



Leave a Reply

Your email address will not be published.