थपिए ३१५ संक्रमित, ६ को मृत्यु

पछिल्लो २४ घण्टामा ३१५ कोरोना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार ११ हजार ४०३ जनामा कोरोना परिक्षण गर्दा ३१५ जनामा संक्रमण देखिएको हो।
आज २१० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ। योसंगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३५ रहेको छ।
हालसम्म ७ हजार ४५ सक्रिय संक्रमित रहेका छन्।
देशभर ९८ जना क्वारेन्टिनमा रहेका छन्।
२४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।