भक्तपुरका घरघरमा नर्सिङ सेवा सुरु

नेपालमै पहिलो पटक भक्तपुर नगरपालिका क्षेत्रमा बिहीबारदेखि घरदैलो नर्सिङ सेवा सुरु गरिएको छ। प्रत्येक वडामा नर्सहरु पठाई घरदैलो नर्सिङ सेवा सुरु गरिएको हो।

नगरपालिकाका स्वास्थ्य संयोजक एवंम् ख्वप अस्पतालका चिकित्सक डा. रत्नसुन्दर लासिवाले घरदैलो नर्सिङ सेवा आजबाट १० वटै वडाहरुमा पुन सुचारु गरिएको बताए।

‘विहान ७ बजेदेखि ९ः३० सम्म घरदैलो स्वास्थ्य सेवा प्रदान गर्ने र त्यसपछि वडास्थित स्वास्थ्य संस्थामा २ बजेसम्म सेवा दिनेछौं। हामीले यी सबैको तथ्याङक संक्लन गरेर राखेका छौं। अघिल्लो पटक सबै डाटा हातले लेखेर हार्डकपीमा लिएका थियौं भने, यो पटक भने सफ्टवेयर मार्फत ट्याव्लोइटमा संकलन गरेका छौं।

यो प्रविधि नेपाल सरकारबाट वितरण गरिएको हो,’ उनले भने।

यस सेवा मार्फत किशोरकिशोरीलाई स्वास्थ्य सम्बन्धी परामर्श दिने, मुधमेहको परिक्षण, रक्तचाप भएका विरामीलाई सेवा, बालबालिकाको तौल नाप्ने, अस्थायी परिवार नियोजनको सेवा प्रदान गर्ने गर्दछौं, उनले भने।

भक्तपुर नगरपालिकाको आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा प्रजनन् स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्द्धन र सरुवा तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि समुदायस्तरमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा कार्यक्रम सुरु गरिएको हो।

वीर अस्पताल नर्सिंङ क्याम्पस प्रमुख रोशनीलक्ष्मी तुईतुईले घरदैलो नसिङ सेवा देशभरीका नगरपालिकाहरुमा हुनेपर्ने बताइन्।

उनले भक्तपुर नगरपालिकाले पहिलेदेखि घरदैलो नर्सिङ सेवा संचालन गरिरहेकोमा खुसी व्यक्त गरिन्। उनले पहिले गरेको घरदैलो नर्सिंङ सेवालाई यसले अझ व्यवस्थित घरदैलो नसिङ सेवा दिने विश्वास व्यक्त गरिन्।

यसअघि घरदैलो नर्सिंङ सेवामा खटिने नर्सहरुलाई ३ दिन तालिम दिइएको थियो। एउटा नगरपालिकामा एकजना नर्स खटिएको हुन्छ।

कसरी संकलन गरिन्छ तथ्याङक?

घरदैलो नर्सिङको लागि एउटा छुटै एप्स्को विकास गरिएको छ। सबै नर्सहरुसंग एउटा ट्याब हुन्छ। त्यो ट्याबमा डाटा इन्ट्रि गरिएको हुन्छ।

त्यस सफ्टवेयरमा अफलाइन डाटा इन्ट्रि गर्ने र अनलाइन भएको ठाउँमा आफै त्यो डाटाहरु सफवेयरमा सेभ हुने गर्दछ।

घरदैलो जाने १० जना नर्सहरुसंग एउटा एउटा ट्याव्लोइट दिइएको छ। यो नर्सिङ महाशाखाले उपलब्ध गराएको जनाइएको छ ।

घरदैलो नर्सिङमा जाने नर्सहरुलाई ३ तीन दिन तालिम पनि दिइएको थियो। घरमा परिवारसंग कसरी कुरा गर्ने, कसरी सुचनाहरु लिने र ट्याब्लोइटमा कसरी फारम भर्ने, डाटा कसरी भर्ने भनेर सिकाइएको थियो।

कति जना नर्स खटिन्छन् एउटा वडामा?

घरदैलो नर्सिङ सेवामा एउटा वडामा एकजना नर्स खटाइएको हुन्छ भने बाँकी ९ जना वडाका सामुदायिक स्वास्थ्य स्वयमसेविका रहेका छन्।
एउटा वडामा जम्मा १० जनाले सेवा दिन्छन्।

हाल यो सेवा प्रदान गर्न ९० जना स्वास्थ्य स्वयम्सेविका र १० जना नर्सहरु खटाइएका छन्। उनीहरुले आवश्यकता र विरामीको अवस्था हेरेर २४ सै घन्टा सेवामा खटिने गर्नेछन्।

घरदैलो नर्सिङको फाइदा के?

घरदैलो नर्सिङ कार्यक्रम अन्र्तगत एकचोटी व्यक्तिको व्यक्तिगत विवरण रहेको डाटा सिस्टममा इन्ट्री भइसकेपछि जिवनभर यो सेवा प्रदान गरिन्छ।

उदाहरणक लागि यदि एकजना गर्भवती महिलाको डाटा इन्ट्री भएको छ भने त्यो महिलाको स्वास्थ्य जाँच गर्ने समय भयो भनेर नर्सलाई नोटिफिकेसन (सूचना) आउँछ।

यदि ती महिलाले विर्सेकतापनि नर्सले फोन मार्फत वा घरमै गएर सुचना दिने काम गर्छ। यस सफ्टवेयर तथा घरदैलोको नर्सिङ सेवाको मुख्य उद्धेश्य भनेकै विरामी भएपछि उपचार गर्नुभन्दा विरामी नै नबनाउने रहेको छ।

यसको अफिस कहाँ हुन्छ?

वडा अन्र्तगत हुने भएकोले घरदैलो नर्सिङ सेवाको लागि प्रत्येक वडा कार्यलयमा स्वास्थ्य सेवा सुचारु भएको लासिंवाले बताए।

त्यहाँबाट ९ः३० बजेदेखि २ बजेसम्म सेवा प्रदान गरिने उनले बताए। नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले घरदैलो नर्सिङ सेवाको उद्घाटन गरेका हुन्।



One thought on “भक्तपुरका घरघरमा नर्सिङ सेवा सुरु

  1. Very good news !! Congratulations to our Bhaktapur Municipality and papulation of Bhaktapur . Thanks so much to our Bhaktapur Municipality .

Leave a Reply

Your email address will not be published.