नेपालमा १ कराेडले लगाए काेराेनाविरुद्धकाे खाेप

हेल्थपोस्ट नेपाल

नेपालमा कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार पाँच सय ८४ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा ८५ लाख १४ हजार ६ सय ८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। यस्तै एक करोड ३० हजार चार सय आठ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ।

आज लगातार दोस्रो दिन पनि दुई लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो । मंगलबार पनि एकै दिन दुई लाख १२ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *