३१६ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ३१६ जनामा संक्रमण पुष्टि भएको छ।

१२ हजार ७२७ नमुना परिक्षण गरिएका मध्ये १० हजार ९१९ नमुना आरटी पिसिआर विधिबाट परिक्षण गरिएको थियो भने १८०८ जनामा एन्टिजेन परीक्षण गरिएको थियो।

यसमध्य ३१६ नमुनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट २८५ र एन्टिजेन विधिबाट ३१ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, २५९ जना कोरोना मुक्त भएका छन्।

२४ घण्टामा २लाख २७ हजार ५८४ जनाले कोभिड विरुद्दको खोप लगाएका छन्।

आज तीन जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ।

हाल देशभर ६ हजार ९५४ जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यका भित्र १५० जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ११९, भक्तपरमा २ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर प्रति १०० मा २.६ जनामा संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *