आवश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थपोस्ट नेपाल

ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिदैं गएका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई विदेश भ्रमण नगर्न सबै नेपालीलाई आग्रह गरेको छ।

मन्त्रालयले आवश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन सबै जनतालाई अपिल गरेको छ।

प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले यो भेरियन्ट बढी संक्रामक रहेको र सबै उमेर समूहका व्यक्तिहरुमा असर पर्ने देखिएका कारण जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो।

ओमिक्रोन भाइरस हालसम्म नेपालमा फेला परिसकेको छैन। तर यसको संक्रमण नेपालमा भित्रिन नदिन मन्त्रालय तथा सरकारका अन्य निकायहरुले आवश्यक निगरानी तगा परीक्षणको दायरा फराकिलो पारेको मन्त्रालयले जनाएको छ।

अफ्रिकी मुलुकमा पहिचान गरिएको यस भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेका कारण यसलाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न तत्काल भ्रमण नगर्न मन्त्रालयले आग्रह गरेको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *