डा रुद्र मरासिनी व्यवस्थापन महाशाखाको निर्देशकमा नियुक्त

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा रुद्र मरासिनी नियुक्त भएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११औं तहका डा मरासिनीले आज निर्देशकको पत्र बुझेका छन्।
महाशाखाका निर्देशक रहेका डा भिमसिंह टिंकरीको १२औं तहमा बढुवा भएपछि उक्त पद खाली थियो। सोही खाली पदमा डा. मरासिनीलाई नियुक्त गर्ने निर्णय मन्त्रालयले गरेको हो।