गम्भीर कोरोना संक्रमण हुनेहरुमा मृत्युको सम्भावना दुई गुणा बढी : अध्ययन

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणबाट गम्भीर विरामी भई निको भएका विरामीहरु आउँने वर्षहरुमा चाँडै मृत्यु हुने सम्भावना देखिएको छ।

सामान्य संक्रमण तथा मध्य संक्रमणबाट निको भएका विरामीहरु भन्दा गम्भीर विरामी भई निको हुने व्यक्तिहरुको मृत्यु हुने सम्भावना दुई गुणाले बढि रहेको एक अध्ययनले देखाएको छ।

फ्रन्टलाइनर इन मेडिसिनमा प्रकाशित एक रिर्पोटमा गम्भीर कोरोना संक्रमण भएका व्यक्तिहरुको दीर्घ स्वास्थ्यलाई असर गरेको पाइएको छ।
धेरैजसो ६५ वर्ष उमेर नाघिसकेको जेष्ठ नागरिकहरुमा देखिएको छ। २० प्रतिशत मानिसहरु यसै कारण मृत्यु भएको तथ्याङकले देखाएको छ, विशेषगरी उनीहरुमा स्वास प्रस्वास प्रणाली फेल भएका देखिएको छ।

‘हामीले पहिले गरेको अध्ययनमा संक्रमणका कारण गम्भीर विरामी भएका व्यक्तिहरु निको भएर घर फर्कदाँ पनि ६ महिनामा पुन अस्पताल भर्ना हुनुपरेको भेटायौं,’ अध्ययनका प्रमुख अनुसन्धानकर्ता प्रोफआर्क मेन्यसले बताए। हालको अध्ययनमा ती व्यक्तिहरुमा आउँने १२ माहिनामा मृत्यु हुने सम्भावना बढि रहेको पाइएको हो।

अध्ययन युनिभरसिटी अफ फ्लोरिडा हेल्थ सिस्टममा उपचार गरेका १३ हजार ६३८ विरामीहरुमा गरिएको थियो, जसमा १७८ जनामा गम्भीर संक्रमण देखिएको थियो।

कोरोना संक्रमण निको भई घर फिरेका व्यक्तिहरुको मृत्यु केही वर्षमै हुने देखिएपनि भाइरसकै कारण भएको भनेर प्रमाण गर्न भने सकिएको छैन। उनीहरुमा भाइरस बाहेक अन्य कारणहरुले सताइरहेको पाइएको छ। ८० प्रतिशत मृत्यु भएका मानिसहरुमा भाइरस भन्दा पनि अन्य विभिन्न स्वास्थ्य समस्या सृजना भएको पाइएको हो।

यसको अर्थ, संक्रमणका कारण उनीहरुको स्वास्थ्य खँस्किदै गइरहेको छ जसले गर्दा झन् जोखिम बढाउँदछ। अब हामीले थाहा पाइसकेका छौं कि कोरोनाले देखिने भन्दा पनि नदेखिने तवरले स्वास्थ्यलाई जोखिममा पारिरहेको छ। त्यसैले पनि हामीले कोरोना संक्रमण भएपनि गम्भीर हुनबाट रोक्न जरुरी छ,’ मेन्यसले भने।

‘संक्रमण भएर अस्पतालमै सबै उपचार हुन्छ भनेर ढुक्क भएर नबस्दा पनि हुन्छ। आफैले सक्दो जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ भने खोप लगाउन अति आवश्यक देखिन्छ,’ उनले भने।

कोरोनाले स्वास्थ्यमा गम्भीर असर त गर्छ नै, स्वास्थ्य जोखिम रहेका दीर्घ रोगी तथा अपाङगता भएकाहरुलाई यसबाटख जोगाउन झनै आवश्यक छ। सामान्य संक्रमण भएतापनि यसले लामो समयसम्म विभिन्न लक्षणको सिकार हुनुपर्ने देखिन्छ, छिटो स्वास फेर्नुपर्ने, लामो समयसम्म खोकी लाग्ने, स्वास फेर्न गाहे हुने जस्ता लक्षण रहिरहन सक्छ।

एजेन्सीको सहयोगमा



Leave a Reply

Your email address will not be published.