कोभ्याक्समार्फत धमाधम खोप भित्रिँदै, आज ९ लाख ७२ हजार डोज कोभिशिल्ड आउने

हेल्थपोस्ट नेपाल

कोभ्याक्स सुविधाबाट नेपालमा धमाधम खोप भित्रिन थालेको छ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले यस सुविधामार्फत कोभिशिल्ड र मोडेर्ना खोप आउन लागेको बताए।

आज ९ लाख ७२ हजार खोप नेपाल आइपुग्ने छ। केही दिनअघि ७ लाख २५ हजार डोज खोप नेपाल भित्रिएको थियो भने डिसेम्बर ८ तारिखमा ६ लाख डोज आउँदै छ। उनले भने।

त्यस्तै, डिसेम्बर ३ मा मोडेर्ना खोप पनि नेपाल आउन लागेको छ। यसै सुविधामार्फत १ लाख ८८ हजार खोप आउन लागेको हो।
नेपालले पटक–पटक यस सुविधामार्फत तथा विभिन्न देशहरुलाई सम्पर्क गरेर खोप पाइरहेको छ भने कतिपय खोपहरु आफैंले खरिद पनि गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *