थपिए २५५ संक्रमित, २५६ जना संक्रमणमुक्त

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा २५५ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर ६४६९ नमुना परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा भने २५६ जना संक्रमुक्त भएका छन्।

यो सँगै नेपालमा ८ लाख २९ हजार ०९ संक्रमणमुक्त भएका छन्।

मंगलबार देशभर ६९३१ सक्रिय संक्रमित छन्।

जसमध्ये ६५८९ होम आइसोलेसन र ३४२ संस्थागत आइसोलेसनमा छन्।

पछिल्लो २४ घन्टामा थप दुई संक्रमितको निधन भएको छ। नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ५२६ ले ज्यान गुमाएका छन्।

मन्त्रालयको तथ्यांक अनुसार आज देशभर ३३ भेन्टिलेटरमा सहित ११६ आइसियूमा राखि उपचार भइरहेको छ।

पछिल्लो २४ घन्टामा २ लाख ११ हजार ५५३ ले कोरोना विरुद्धको खोप लगाएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *