ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट नेपाल आउनेहरुको व्यवस्थापन गर्ने सरकारको निर्णय

सरकारले कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्न आदेश दिने निर्णय भएको जानकारी दिए।
‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता कार्कीले भने।
त्यसैगरि सरकारले केही सचिवको सरुवा पनि गरेको छ। प्रवक्ता कार्कीका अनुसार केही सचिवको सरुवा र केही सचिव नियमित लोकसेवाबाट बढुवा भएर आएका हुन्।