मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शिवजी पौडेल निर्वाचित, सदस्यमा को–को भए ?

नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना सकिएको छ।
मंसिर ३, ४, १० र ११ गते उपाध्यक्ष एक र आठ जना सदस्य चयनका लागि मतगणना भएको थियो।
निर्वाचन समितिले जारी गरेको मतपरिणाम अनुसार उपाध्यक्षका तीन प्रतिस्पर्धीमध्ये डा. शिवजी पौडेलको विजयी भएका छन्।
अग्रता निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले ल्याएर विजयी भएका हुन्।
यसैगरी, सदस्यमा सुरुवात देखि अग्रता लिएका डा हुलास अग्रवालले विजयी भएका छन्।
यस्तै, सदस्यहरुमा डा तोसिमा कार्की, डा कालुसिंह खत्री, डा गुरुशरण साह, डा कुन्जान शेर्पा, डा रुपक घिमिरे, डा विश्वराज दवाडी र डा रोहित कुमार मिश्र विजयी भएका छन्।
निर्वाचनमा देशभरबाट ९ हजार ३१८ मत खसेको थियो। निर्वाचन समितिले केही बेरमा मतपरिणाम प्रकाशन गर्ने जनाएको छ।