मेडिकल काउन्सिल मतगणना : ८५०० मतगणना हुँदा कसले कति मत पाए?

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार उपाध्यक्षका तीन प्रतिस्पर्धीमध्ये डा. शिवजी पौडेलको अग्रता निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले कायमै रहेको छ।

बेलुकी ५बजेसम्म ८ हजार पाँच सय मत गणना हुँदा डा पौडेलले ४६७८ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा प्रमोदकुमार यादवले २२११ र अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ७०१ मत ल्याएका छन्।

यसैगरी, सदस्यमा सुरुवात देखि अग्रता लिएका डा हुलास अग्रवालले ४१३३ ल्याएका छन्।

डा. तोसिमा कार्की ३६१८, डा. कालु सिंह खत्री ३२१३, डा. गुरु शरण साह ३०८० र डा. कुञ्जन शेर्पा ३०२२ मत ल्याएका छन्।

 



Leave a Reply

Your email address will not be published.